भनें त अड्केको छ जीवन
भनें त पड्केको छ जीवन
भनें त तर्केको छ जीवन
खै भनु के म अरु
बस् एक्कैछिन ढल्किएको छ जीवन ।।
भनें त हराएको छ जीवन
भनें त मिचिएको छ जीवन
भनें त मक्केको छ जीवन
खै भनु के म अरु
बस् एक्कैछिन मिल्किएको छ जीवन ।।
भनें त रित्तिएको छ जीवन
भनें त च्यात्तिएको छ जीवन
भनें त चर्किएको छ जीवन
खै भनु के म अरु
बस् एक्कैछिन जिल्लिएको छ जीवन ।।
भनें त आँतिएको छ जीवन
भनें त लट्किएको छ जीवन
भनें त बोझिएको छ जीवन
खै भनु के म अरु
बस् एक्कैछिन रन्थन्नीएको छ जीवन ।।
भनें त भुल्किएको छ जीवन
भनें त तम्तमिएको छ जीवन
भनें त आकर्षिएको छ जीवन
खै भनु के म अरु
बस् एक्कैछिन खिंचिएको छ जीवन ।।
भनें त बाङ्गीएको छ जीवन
भनें त कुच्चीएको छ जीवन
भनें त भाँच्चीएको छ जीवन
खै भनु के म अरु
बस् एक्कैछिन भत्किएको छ जीवन ।।
अर्थ :
बोझिएको - बोझो भएको
आकर्षिएको - तानातानी भएको
- थाहा छैन
भनें त कविता राम्रो छ
भनें त भाब दह्रो छ
भनें त शब्द खरो छ
खै भनु के म अरु
अरु कविता पढ्न पाइयोस
वाह ! भाइ वाह |
भनें लेख्दै गरे राम्रो बन्छ कबिता,
भनें हेर्दै गरे राम्रै लाग्छ कबिता* .
*दोस्रो कबिता चाहि बबिताकी बहिनी
Nice one Thahachaena..
Keep writing!
काले, ठुल्दाई, Alias_ अनि s_usa र अन्य पढिदिनु हुने सम्पूर्ण साझावासी प्रति म कृतज्ञ छु .
कोशिश जारी राख्ने छु , कृपया म अल्मल्लिएको भए सम्हालिन हजुरहरुको साह्यताको आशा राखेको छु .
- थाहा छैन
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 18
· Viewed 4060
· Likes 3
· Posts 77
· Viewed 18826
· Likes 18