खेश्राहरु - Sajha Mobile
SAJHA MOBILE
खेश्राहरु
Posts 9 · Viewed 7903 · Likes 8 · Go to Last Post
nakkali keti
· Snapshot 0
Like · Likedby · 5
पुग्नु र फर्किनुको हतारले
कल्पनाको बारी बाँझै रह्यो
कुनै कुनै दिन
म शब्दका बीउ खोज्ने गर्छु
कबिता उमार्न
त्यै कबिताको छ्हरी मुनी
गुन्द्री ओछ्याएर
पैतालाका ठेलाहरु सुम्सुम्याउँला
अनी एक बटुको साँधेको भोगटे खाउँला
भन्ने लाग्छ
तर मसँग फुर्सद छैन
केबल एउटा झ्याल छ
त्यै झ्यालबाट केही क्षण
म बाहिरको
सुकिलोपन हेर्ने गर्छु
सुन्यता सुन्ने गर्छु
त्यो सुकिलोपनमा अलिकती गोबर मिसाइदिन मन लाग्छ
अनी पातमुनी सुतेका झ्याउँकिरी बिउँझाइदिन मन लाग्छ
हजुरआमाले हालेको खल्पिको स्वाद्ले झैं
मुख रसाएर आउँछ
अनी सोच्ने गर्छु
एक दिन म सभ्यताको बन्धन चुँडाएर
बुरुक बुरुक उफ्रिने छु
आफ्नै बारीमा
------------------------------------------------------------------------------------------------

आज तिमीसँग डाँडामा बसेर बेशी हेर्न मन छ बा
कान्छी छोरीले बनाको चियाको घुड्कोसंगै
तिमी अतितका कुरा गर्नु
म तिमीलाई भबिश्यका कुरा सुनाउँला
हार जीतको धपेटीबाट एकछीन बिश्राम मारुम न बा
उन्नती र सभ्यताको बोक्रेपन बिसाएर हामी सुसेली हालौंला
अनी
तिमी मलाई चाणक्यको निती सुनाउ
म तिमीलाई "इमिली डिकिन्सन" को कबिता सुनाउँला
व्यबहारको कुन्यु मिलाउँदा मिलाउँदै थाकेकी मेरी आमालाई
आउ न बा हामी मिलेर एक छीन हँसाउँ
उनी हाँसेको देखेर तिमी र म पनि मुस्कुराउँला
समयको भेलमा पौडिदा पौडिदैं म पर आइ पुगेंछु
तिमी पनि उमेरको उकालो चड्दा चड्दा थाकेका होलाउ
आउ न बा आज डाँडामा बसेर बेशी हेरौं
म तिमीलाई कम्मर भाँची भाँची नाच्न सिकाउँला
तिमी मलाई हाँसी हाँसी बाँच्न सिकाउ
Kiddo
· Snapshot 32
Like · Liked by · 1
Amazing words, brilliant poem.
Aru pani paskinu paryo.
OBAMA
· Snapshot 110
Like · Liked by · 0
awesome poem !!!
nakkali keti
· Snapshot 183
Like · Liked by · 0
Thank you all for your kind words and encouragement.
Rato Ragat
· Snapshot 224
Like · Liked by · 0
Kasto ramro kabita !
s_usa
· Snapshot 330
Like · Liked by · 0
Nakkali keti,
padhera manai aananda vayo... padhdai jada aafai kabita vitra haraye..Kudos to your wonderful writing!! Hope to read more...
Rahuldai
· Snapshot 379
Like · Liked by · 0
साझामा धेरै दिन अझ बर्ष पछि एउटा गतिलो, स्वादिलो र खँदिलो कविताको रस्वादन गरियो | सुन्दर कृतिकाको लागि नक्कली केटी प्रति म नतमस्तक भएँ..............|
nakkali keti
· Snapshot 486
Like · Liked by · 0
मेरा खेस्राहरुले यती धेरै प्रसंशा पाएछन। धन्यवाद नभनी बस्न सकिन।

राहुलभाई दाई,
कृति त हैन खेस्रा नै हो तर तपाईंका प्रोत्साहनका शब्दहले मन हलक्क बढेर लेखी राखुम जस्तो भो। तर फेरी अधियाँमा लेको खेत जोत्नै पर्‍यो, मखुला? :)
ThahaChaena
· Snapshot 534
Like · Liked by · 0
नक्कली जी,

राम्रो लाग्यो खेस्राहरु . दोश्रो भन्दा पहिलोले मन छोयो तर यसको अर्थ पहिलोको स्तर तल हैन है ...

धेरै हराउनु हुन्छ ... येस्सो कथा नि टाँस्नुस् न

- थाहा छैन
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12583 · Likes 1
· Posts 7 · Viewed 3995 · Likes 1
· Posts 1 · Viewed 1093
· Posts 1 · Viewed 1079
· Posts 1 · Viewed 987
· Posts 1 · Viewed 1078
· Posts 1 · Viewed 1050
· Posts 21 · Viewed 10009 · Likes 1
· Posts 3 · Viewed 2607
· Posts 5 · Viewed 7792 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal