कविता - म एउटा मान्छे - Sajha Mobile
SAJHA MOBILE
कविता - म एउटा मान्छे
Posts 5 · Viewed 6541 · Likes 2 · Go to Last Post
ThahaChaena
· Snapshot 0
Like · Likedby · 2
हजारौं मान्छेहरुको हुलमा हराएको म एउटा अर्को मान्छे
हजारौं गलतिहरुको सुलमा झुन्डिएको म एउटा मान्छे
हजारौं रगतहरुको मुलमा डुबिरहेको म एउटा मान्छे
हजारौं सपनाहरुको झुलमा थुनिएको म एउटा मान्छे
भुल नै भुलमा डुबेर निसास्सीरहेको म एउटा मान्छे
हजारौं मान्छेहरुको हुलमा हराएको म एउटा अर्को मान्छे ।।

भोगलाई मायाको आवरन ओडाउने म एउटा मान्छे
चाहनालाई आवश्यकताको सर्वनाम बनाउने म एउटा मान्छे
भावनालाई सपनाको कात्रो ओडाउने म एउटा मान्छे
फेरी सपना तेही बेची एक्लै एक्लै आँफै रमाउने म एउटा बहुला मान्छे
हजारौं मान्छेहरुको हुलमा हराएको म एउटा अर्को मान्छे ।।

- थाहा छैन

(एउटा कोशिश न हो.... गलती भए सच्याई पाउँ)

adventurer
· Snapshot 4
Like · Liked by · 0
यो कविता मन पराउने म एउटा मान्छे
Rahuldai
· Snapshot 36
Like · Liked by · 0
यो कबिता मन पराउने एउटा अर्को मान्छे |

भाव राम्रो, भन्न खोजेको कुरो राम्रो तर काब्य शैलीमा सुधारको गुन्जायस | चार चार लाइन को श्लोक बनाए राम्रो हैन भने गद्य शैलीमा राम्रो | ह्रस्व दीर्घमा पनि ध्यान दिने कि, झन् मिठास दिन्छ त्यसले |
baaramaase
· Snapshot 41
Like · Liked by · 0
यो कबिता मन पराउने म पनि अर्को मान्छे |

हुन त कबिता लाइ मन नपराउने को नै होला र, सारै च्वाक नि.....
ThahaChaena
· Snapshot 49
Like · Liked by · 0
येड्वेनचार जी, ठुल्दाई, बारेदाइ अनि काहिंला दाइ -- कविता पढीदिएको मा धन्यवाद .....

सुझावको लागि हृदये देखि कृतज्ञ छु ठुल्दाई , सपार्ने कोशिरत छु तर पनि खै कता खुस्किन्छ .... तर अझै धेरै मेहेनत बढाउने वाचा गर्छु ....

- थाहा छैन
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 176
· Posts 1 · Viewed 29
· Posts 1 · Viewed 51
· Posts 2 · Viewed 282
· Posts 1 · Viewed 188
· Posts 24 · Viewed 7462 · Likes 2
· Posts 26 · Viewed 2343 · Likes 5
· Posts 1 · Viewed 93
· Posts 1 · Viewed 113
· Posts 1 · Viewed 198



Your Banner Here
Travel Partners
Travel House Nepal