विदेशमा दुख गर्ने हामीले देशको चिन्ता गर्न पाउँदैनौँ? - Sajha Mobile
SAJHA MOBILE
विदेशमा दुख गर्ने हामीले देशको चिन्ता गर्न पाउँदैनौँ?
Posts 2 · Viewed 5804 · Go to Last Post
wonton
· Snapshot 0
Like · Likedby · 0

भण्डारीज्युको कुरा सहि लाग्यो!


विदेशमा दुख गर्ने हामीले देशको चिन्ता गर्न पाउँदैनौँ?

बेलाबेलामा साथीभाइसँग गफिँदा होस् वा फेसबुकका भित्तामा आफ्नो स्टाटस लेख्दा विदेशमा बस्ने नेपालीका लागि प्रायजसो घोचपेचका शब्दावली प्रयोग गरेको पाइन्छ । केही महिना अगाडि फेसबुकमा स्टाटस लेखिराख्ने एक जना व्यक्तिले त्यस्तै घोचपेचले भरिएको स्टाटस लेखे। त्यसमा धेरैजसोले सहमति जनाउँदै कडा प्रतिकृया जनाए। उनको स्टाटसले नेपालमा नबस्नेले नेपालको बारेमा चिन्ता गर्नु, नेतालाई गालि गर्नु र यसो गर्दा ठिक हुन्छ, उसो गर्दा ठिक हुन्छ भन्ने सल्लाह दिनु सबै आडम्वरी हो भन्ने आशय प्रकट गरेको थियो। सार्वजनिक जीवनमा धेरैले विदेशप्रति नकारात्मक धारणा राखेको पाइन्छ। सबैका निजी विचार आफ्ना ठाउँमा ठिकै होलान। तर निजी जीवनमा भने तीनै व्यक्ति कयौ पटक विदेशिनका लागि अथक प्रयासमा लागेको पाइन्छ। कोहीकोही त त्यही अथक प्रयासमा सफल हुन नसकेपछि आफ्नो आवेगहरू विदेशिएका नेपालीलाई गालि गरेरै पोख्ने गर्छन्। अचम्म लाग्यो, त्यही फेसबुके छलफलमा शिक्षित युवाका प्रतिकृया पढ्न पाउदा। उनीहरूले लेखे, “विदेशमा भाडा माझ्ने, टेवुल पुच्छनेले नेपालमा आएर फुर्ति लगाउछन् ।”यसैगरि कामका बारेमा धेरैले नेपालमा बस्नेले कुर्चिमा बसेर, मोज गरेर, राम्रो जागिर खाएर जीवन विताएका छन् विदेशीनेहरू सबै निम्न स्तरको जागिरमा लागेका छन भन्ने आसयका प्रतिकृया जनाए।
 
सबैका धारणा पूर्णत गलत छन भन्न सकिदैन। तर यति विघ्न आफ्नै देशका नागरिकलाई तिरस्कार गर्नु पनि राम्रो हुँदैन होला । केही अपवाद मात्रै छोडेर अधिकांस नेपाली आफ्ना वाध्यता र परिस्थितिले च्यापिएकै कारणले विदेशमा बस्न वाध्य छन् । विकशित देशमा अवसर पाएका नेपालीका लागि पनि विदेश बस्नु वाध्यता नै हो । केहीलाई छाडेर । विदेशिन खोजीरहेका व्यक्तिका पनि आआफ्ना कठिनाई छन् । जीवनमा आशा र सपना छन् । जीवनलाई सुखमय बनाउन खोज्नु, नयाँ अवसर रोज्नु मानवीय गुण नै हो । त्यसमा पनि हाम्रो जस्तो देश जहाँ अवसर हुँदाहुँदै र प्रयास गर्दागर्दै पनि राजनितिक अस्थिरताका कारण धेरै युवाका प्रयास सफल हुन सकेका छैनन् । जसको वैकल्पिक बाटोका रुपमा यस्ता युवाले विदेशलाई लिने गरेका छन् । 
 
विचार गर्नुपर्ने कुरा छ । कसलाई चाहना हुँदैन आफ्नो देशमा, आफ्नो शहर वा गाउँमा, आफ्नो माटोमा बस्नका लागि ?कति धेरै कुरामा सम्झौता गरेर विदेशमा बस्न वाध्य छन नेपालीहरू । चाहे त्यो विकशित देसमा होस वा खाडि मुलुकमा नै किन नहोस । सकसको मात्रा कम र बढी होला पिडाका डोमहरू उस्तै हुन् । कसलाई चाहना छ होला आफ्ना बाबुआमा, साथीभाई, घरपरिवार सबैलाई छाडेर विदेशिन ?अनि कसलाई इच्छा छैन होला आफ्नो जीवनलाई सुखी राख्नका लागि आर्थिक उन्नति गर्न ? धेरै नेपालीका इच्छा छन्, आफूले जीवनमा भोगेको दुख सन्तानले नपाउन भन्ने । राम्रो शिक्षा लिन पाउन भन्ने । त्यही भएर विदेशी माटोमा सङ्र्घस गरिराखेका छन् । सबै भोगाइका अतिरिक्त कहाँ विर्सन सक्छन त नेपाल र नेपालीलाई । जति सुखसयल भएपनि जवजव मन अशान्त हुन्छ सम्झने त नेपाललाई नै हो । 
 
अव रह्यो कामको सम्मान गर्ने कुरा । हो अपवाद वाहेक जुनसुकै देशमा गएका नेपालीको शुरुवाति काम भनेको, सरसफाइ गर्ने, टेवल पुच्छने जस्ता काम हुन् । प्रायजसो मल, रेष्टुरेण्ट तथा अन्य स्टोरमा काम गर्दा रजिष्टरदेखि सरसफाइसम्मका काम पर्छन् । जति तल्लो स्तरको काम गरेपनि विकशित मुलुकको एउटा सकारात्मक पक्ष केहो भने सबैले सबैको कामको सम्मान गर्न जानेका छन् । नेपालमा जस्तो होटलमा भाडा माझ्नेलाई विदेसमा हेयको दृष्टिकोणले हेरिदैन । कसैले सहयोग गरेमा धन्यवाद भन्न जानेका छन् यहाँका मानिसहरू। होटलमा गएर किन नखाउन सबैले सबैलाई सम्मान गर्छन, त्यो चाहे टेवल पुच्छने कामदार होस वा खाना पुर्याउने वेटर किन नहोस। तपाइ चाहे सार्वजनिक यातायातमा यात्रा गर्नुस, ओर्लने वेलामा चालकलाई सबैले धन्यवाद दिएको पाउनु हुन्छ । वसको चालकलाई केको धन्यवाद, पैसा तिरेर यात्रा गरेको त होनी भन्ने भावना हुँदैन । हो शुरुशुरुमा विदेशिएका व्यक्तिका लागि यी सबै वातावरण नयाँ र अनौठा लाग्छन होला । 
 
हामी नेपाली आर्थिक रुपमा मात्रै होइन कि सामान्य व्यवहारमा पनि पछाडि परेका छौ । हामीले कामलाई सम्मान गर्न जानेका छैनौ । र अझ कति समय भविष्यमा पनि जान्नै छैनौ । कामलाई सम्मान गर्न नजान्नु हाम्रो दुरभाग्र्य हो । जस्तो कि फेसबुकमा टेवल पुच्छने, भाडा माझ्ने कामलाई निम्न स्तरको कामको हवला दिदै विदेशिएका नेपालीको टिकाटिप्पणी गरिन्छ । हामी अलि फराकिलो तरिकाले सोच्न जान्नु पर्यो । कामको सम्मान गर्न जान्नु पर्यो । हा,े यस्ता टिकाटिप्पणीमा केही यथार्थ छन् । कुनै नेपाली विदेसमा मलमा काम गर्छ । होटलको सबै काम जानेको छ भने त्यही काम नेपालमा गएर गर्न चाहदैन । उसले आफूलाई समाजको सम्मानित व्यक्ति भएको देखाउन चाहन्छ । विदेशमा जेसुकै काम गरेपनि आफ्ना साथीभाईलाई भन्न चाहदैन । यसको प्रमुख कारण भनेको सबै साथीभाई, परिवार वा समाजले कामको स्तर हेरेर मानिसलाई व्यवहार गर्छन र त्यसका बारेमा नचाहिदो टिकाटिप्पणी गर्न थाल्छन । त्यसकारण विदेशमा बस्ने नेपालीले आफ्ना कामका बारेमा बताउन हिचकिचाउछन् । त्यो हामीले निर्माण गरेको सभ्यताको उपज हो । 
 
अमेरिकाकै कुरा गर्ने हो भने यहाँका अधिकांस नेपालीको मनसाय हुन्छ कि अमेरिकामा नयाँ आएको मान्छेले आफूले गर्ने कामका बारेमा नसोधे हुन्थ्यो । उसले विस्तारै आफै अमेरिकाको वास्तविकता बुझे हुन्थ्यो । यहाँको वास्तविकता भनेको मनमनै सबैले सबैको कामका बारेमा बुझ्ने र कसैले कसैको कामका बारेमा नसोध्ने र नभन्ने । किनभने आफूले गर्ने त्यही काम अर्कोले गरेको थाहा पाएमा उस्का बारेमा कुरा काट्ने बानी धरैको छ । तरपनि विदेशिएका नेपालीले कामको महत्व र पैसाको मूल्य बुझेका हुन्छन् । कति गाह्रो छ पैसा कमाउनका लागि भन्ने कुराको महषुस गरेका हुन्छन् । केही समयपछि कामको सम्मान गर्ने बानी पनि लाग्न थाल्छ ।
 
अर्कातिर हाम्रा परिवारजन, आफन्तका लागि आफ्ना मानिस विदेशमा छन भन्दा गौरवको कुरा छ नेपालमा । अझ अमेरिका, वेलायत जस्ता देसमा गएका आफन्तका बारेमा ठूलाठूला कुरा गर्ने र आफू अरु भन्दा सम्मानित भएको देखाउन चाहनेहरूको पनि संख्या कमी छैन । नेपालमा बस्नेका लागि अर्को भ्रम पनि छ विदेशमा गएपछि पैसा कति कति भन्ने । सबै विदेशमा बस्ने खुसी छन भन्ने । यसको प्रमुख कारण विदेशिएका नेपालीले कसैले पनि आफ्नो यथार्थता नबताउनु हो ।
 
त्यसैगरि हामी जोसुकैले पनि जब एक नेपाली न्युयोर्कको विशाल भवन अगाडि उभिएर खिचेको फोटो फेसवुकको भित्तामा देख्छौ । वाशिन्टन डिसीको बाटो वा कुनै इतिहास बोकेको भवन अगाडि सुकिला कपडा र कालो चश्मा लगाएर अर्को फोटो खिचेर फेसवुकको वालमा राखेको देख्छौ । नेपालमै बसोवास गर्ने अधिकांस नेपालीका मनमा एक किसिमको इर्ष्या जाग्छ । मन भन्छ, आहा म पनि यो विशाल देशमा पुगेर त्यसैगरि फोटा खिचाएर फेसवुकमा राख्न पाए । अधिकांस नेपालीका लागि फोटो खिच्ने स्थान भनेका ठूला सहर, पुल, बाटो, बगैचा, होटेल हुन् । जसले गदाए हामीलाइ लाग्छ,, वाह क्या वात, हेर उसको त जीवनचर्या नै बदलियो, टन्न पैसा कमाको होला भन्ने । तर यथार्थता भने बेग्लै हुन्छ । 
 
जोसुकैको जे यथार्थ होस वा मनशाय होस हामीले सिक्नुपर्ने कुरा भनेको कामको सम्मान गर्न नै हो । जसले गर्दा समाजमा अनावश्यका भ्रम सिर्जना हुँदैन । रआडम्वर देखाउनु पनि पर्दैन । टेवल पुच्छने होस वा फ्लोर सफा गर्ने काम किन नहोस सबै कामका आआफ्नै महत्व छन् भन्ने बुझ्नु जरुरी छ । त्यसैगरि नेपाल छाड्नेले पनि नेपाली र आफ्नो देशका बारेमा सोच्न पाउछन र सोच्नु पर्छ भन्ने कुरालाई सम्मान गर्न जरुरी छ । अरुको आत्मसम्मानलाई चोट पुर्याउनेहरूले अरुवाट पनि सम्मान पाउदैनन् । विश्वको जुनसुकै कुनामा किन नहुन सबै नेपालीलाई नेपालप्रति माया छ अपवाद बाहेक । सबैले मिस गर्छन आफ्नो माटो, आफनोपन र आफ्नो देश । आखिर यो मन त सबै नेपालीका लागि नेपाली नै हो नि । 
(अमेरिकाको भर्जिनियामा बस्ने भण्डारी वासिन्टन डिसीमा रहेको भिजन फर नेपाल पाउण्डेसनमा आवद्ध छन्/)
grgDai
· Snapshot 173
Like · Liked by · 0
साझामा पनि येस्ता महान विचार पोख्ने देशभक्त नागरिक धेरै झुल्किञ्छ| आशिष मि भन्ने एक जना माओबादि अझै कहिले काही झुल्किञ्छ
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 14 · Viewed 1823 · Likes 3
· Posts 6 · Viewed 609
· Posts 1 · Viewed 81
· Posts 1 · Viewed 243
· Posts 4 · Viewed 699
· Posts 2 · Viewed 352
· Posts 1 · Viewed 133
· Posts 1 · Viewed 116
· Posts 7 · Viewed 696
· Posts 9 · Viewed 833



Your Banner Here
Travel Partners
Travel House Nepal