Another Event at TIA Kathmandu - Sajha Mobile
SAJHA MOBILE
Another Event at TIA Kathmandu
Posts 3 · Viewed 2634 · Go to Last Post
biwash prawashi
· Snapshot 0
Like · Likedby · 0
 http://www.janaaasthanews.com/temp.php?article_id=1808&cat_id=2

विमानभित्र हतियार छिर्दा आकाशमै बबाल
 
 
 
 
काठमाडौं । एउटा अत्यन्तै धारिलो लामो खालको कत्ती (काट्ने हतियार, खुकुरी होइन) थाई एयरको जहाजभित्र टल्कन थाल्यो । सिट नम्बर ३७ ई मा बसेका यात्रुले विमानभित्रै हतियार देखाएपछि जहाजमा हाहाकार भयो, विमान परिचारिकाहरू आत्तिए । तत्काल पाइलटकक्षमा जानकारी पुग्यो । सबैमा त्रास स्वाभाविक थियो । विमानमा खटिएका सादा पोसाकका थाई कर्मचारीले हतियारधारी यात्रुलाई तत्काल नियन्त्रणमा लिए र हतियार खोसे ।

घटना १८ जुलाई २०१२ को हो । तर, यसको पटाक्षेप भने यही पुस ४ गते मात्र हुन सक्यो । नेपाल र बैंककबीच तीन घन्टाको हवाई दूरीमा करिब आधा समय सो हतियार हत्याउन र हतियारधारीलाई नियन्त्रण गर्नमै विमान कर्मचारीले समय खर्चनुपरेको थियो ।

समाचारअनुसार सुवर्णभूमि एयरपोर्ट बैंककमा सुरक्षित अवतरण हुनासाथ थाई सुरक्षाकर्मीले ती यात्रुलाई नियन्त्रणमा लिए । थाई एयरको नियमित उडान टिजी ३२० मार्फत उडेका दक्षिण कोरियाली नागरिक ना इयोङदोक) को साथमा सो चम्किलो हतियार हातमा बोकेको अवस्थामा फेला पारिएको थियो । उनी टिजी ६५८ मा बैंककबाट दक्षिण कोरिया उड्दै थिए । उनको बयानमा त्यस्तो खतरनाक हतियार नेपालबाट साथमै बोकेर जहाज चढ्नुको कारण भने खुल्न सकेको छैन । तर, बयानमा नेपालमा विमानस्थल सुरक्षाकर्मीहरूकै सहायतामा आफू सुरक्षित साथ जहाजसम्म पुगेको भन्ने कुराचाहिँ खुलेको छ । के उद्देश्यले हतियारसहित जहाजमा प्रवेश गरे ? किन त्यसको प्रयोग नगर्दै उनी पक्राउ परे ? स्पष्ट नभए पनि नेपालको एक मात्र हवाई नाका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अत्यन्तै संवेदनशील सो घटनाबारे थाइल्यान्ड सरकारले नेपाल सरकारलाई पत्रै लेखेर विरोध प्रकट गरेको छ । थाई सरकारको नागरिक उड्डयन विभागका उपमहानिर्देशक परिचट कोत्चारतले ८ अक्टोबर २०१२ मा लेखेको पत्रमा अतिसंवेदनशील र निषेधित क्षेत्रमा त्यस्तो हतियार कसरी पुग्न सक्यो भन्ने कुरा उल्लेख गर्दै आश्चर्य प्रकट गरिएको छ ।

अचम्मलाग्दो कुरा के छ भने १८ जुलाईमा भएको घटनाको सम्पूर्ण अनुसन्धानपछि थाई सरकारले ८ अक्टोबरमा पठाएको पत्र लामो समयसम्म गायब पारियो । थाई सरकारले फेरि दबाब दिएपछि मात्र नेपाल नागरिक उड्डयन प्राधिकरणले छानविनको प्रक्रिया सुरु गरेको हो । प्राधिकरणका हवाई सुरक्षा निर्देशक देवेन्द्र केसीले पुस ४ गते एउटा अत्यन्त जरुरी गोप्य पत्र लेख्दै विमानस्थल कार्यालयलाई छानबिन गर्न निर्देशन दिएका छन् । निर्देशन पत्रमा कोरियन ट्रान्सफर यात्रुसँग सुरक्षित निषेधित क्षेत्रमा चक्कु भेटिएको, सो चक्कु विमनस्थल सुरक्षा प्रहरीले सर्च गर्दा फेला पार्न नसकी जहाजमा अनबोर्ड भएको र स्त्रिmनिङ, फिजिकल सर्च ड्युटीमा बसेको प्रहरीको लापरबाही हो वा अन्य कुनै कारण हो छानबिन गर्नर् भन्ने उल्लेख छ । तर, विमानस्थल कार्यालयले यसलाई पनि वास्ता गरेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घुस उठाएर मात्र नपुगी विदेशबाट फर्केकी चेलीलाई बलात्कार गर्नसम्म हिम्मत बटुल्ने साहसी कर्मचारीको कमी छैन । तर, अब यत्तिले मात्र पनि पुग्न छाडेको अर्को डरलाग्दो यो घटनाले देशको अन्तर्राष्ट्रिय छविमा नराम्रो धक्का लागेको छ ।

Old Jeans
· Snapshot 115
Like · Liked by · 0
 No wonder its Nepal. This does not surprise me. 
sherlock
· Snapshot 516
Like · Liked by · 0
Don't know what's funnier - the fact that a foreigner managed to sneak into the airplane w/ a weapon or the security officials managed to disarm him with limited ease. In any case, considering how dire TIA's infrastructures are - be it entrance, exit doors, location, fences that surround the premises, or mismanagement, it's hardly a shocking news. It's high time we saw a major overhaul and improvised the premises. I swear the airport in Carson City, NV is 10 times better and well-organized than TIA.

Both landing and boarding airplaces on and off the airport is a chore! Does anybody associated w/ it care? Highly doubt it.  
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 84
· Posts 1 · Viewed 90
· Posts 4 · Viewed 314
· Posts 2 · Viewed 308
· Posts 1 · Viewed 70
· Posts 1 · Viewed 101
· Posts 1 · Viewed 70
· Posts 1 · Viewed 124
· Posts 2 · Viewed 329
· Posts 12 · Viewed 1845



Your Banner Here
Travel Partners
Travel House Nepal