नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ - Sajha Mobile
SAJHA MOBILE
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Posts 9 · Viewed 2921 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 0
अमेरिकी राष्ट्रपतिले आठ–आठ वटा युद्ध जितिसकेको कुरा धेरै भइसक्यो। तर आँखाचाहिँ शान्ति नोबेल पुरस्कारमै अड्किएको छ। किनभने काला अमेरिकी राष्ट्रपति ओबामाले त पहिलो कार्यकालमै नोबेल पदकबाट सम्मानित भइसके भने, म गोरा राष्ट्रपति—मैले किन नपाउने?

यही बालहठले ग्रसित तत्कालीन अमेरिकी राष्ट्रपतिलाई FIFA ले समेत एउटा पदकले सुसोभित गरिसक्दा, बालहठ घट्नुको सट्टा झन् बढ्दै गयो। अन्ततः यही वर्ष नोबेल शान्ति पुरस्कार पाउने भेनेजुलियन मचाडोले त्यो पुरस्कार उसको हातमा थमाइदिए।
तर उनले त्यसलाई सजाएर राख्ने कुनै चासो नै नदेखाएको स्पष्ट हुन्छ।

अब प्रश्न उठ्छ—यो पुरस्कार लिएपछि के उसले शान्ति पाउला? के नोबेलको कुरा गर्न छोड्ला?

शान्ति होइन, अशान्ति झन् बढ्नेछ—त्यो पनि पुरस्कार कहाँ टाँगेर राखिन्छ भन्नेमा भर पर्छ। क्लोजेटभित्र वा दैनिक नदेखिने ठाउँमा नराखे, मरिच चाउरेझैँ चाउरिएर माथि जान बेर लाग्दैन।

किनभने जति पटक त्यसमा आँखा पर्छ, आफ्नो नाम होइन—मचाडोको नाम नै देखिन्छ।
“खै त मेरो नाम?”
आफ्नो नाम नदेखिएको पीडाबाट उत्पन्न मानसिक रोग झन् संक्रमणित हुने सम्भावना प्रबल देखिन्छ।

उपाय भने पक्कै निकाल्लान्—
‘मचाडोबाट अमेरिकी राष्ट्रपतिलाई सम्मानित’ भनी सुनौलो अक्षरले, सकेसम्म टाढैबाट पहिलो नजरमै उसकै नाम देखिने गरी थप्लान्।

Oops i did it again
· Snapshot 77
Like · Liked by · 0
मेरो श्रद्धेय कॉमेडियन राष्ट्रपति ट्रंपको खेदो खन्नुको साटो त्यो ग्रीनकार्ड फ़ालेर जानु नी बरु नेपाल.
logan
· Snapshot 214
Like · Liked by · 0
कुन राज्यमा हुनु हुन्छ हजुरले टिप्न मिलने गरेर फ्याकौला |
logan
· Snapshot 575
Like · Liked by · 0
शान्ति पुरुस्कार नर्वे ले नदिएको कारण ग्रीनल्यान्ड अमेरिका मा गाभ्ने र युरोपियन रास्त्रमा फेरि नया भन्सार महसुल लागु गर्यो | शान्ति पुरुस्कार यो मानब हो या बाल्हठि दानब लाई दिई सके पछि पनि खुसि छैन |

कुनै बेला एक राजाले राज्यका सबै बाल बाईकालाइ खुसि बनाइँ भबिस्यका आसल नागिरक बनाउने घोसणा र लागु गरे | २-४ हप्ता बिति सके पछि राजाले खारेज गर्न बाध्य भए | कारण एक बालकले हाती मागेछ . दिन भरि खेली सके पछि यो हात्तीलाई झोला राख मा घर लैजान्छु भनेछ | बाल्हठ एक दुई चोटि मात्र पुरा गर्न सकिएला तर एक पछि अर्को demand आउन सुरु हुन्छ | एसियाली मुलुकमा यस्तालाई बालहथी बालकलाई २ चड्कन दीई सक्थे , अनि चुप पनि लाग्थे |
Khaobaadi_Netaa
· Snapshot 632
Like · Liked by · 0
नोबेल पुरस्कार कमिटीले कसैलाई नोबेल पुरस्कार दिदा अनुहार हेरैको मात्र भरमा नोबेल पुरस्कार दिन्छन् कि कसो ?
यो नोबेल पुरस्कार भाॅडभैलो मच्चाउने कामको भागीदार ट्रम्प र मचाडो अलावा नोबेल पुरस्कार कमिटीले पनी हुन ।
logan
· Snapshot 899
Like · Liked by · 0
काले रास्त्रपतिले पहिलो बर्समै शान्ति नोबल पुरस्कार पाउछ भने मैले किन नपाउने ? भिख मागे झैँ मागेर पाइने कुरा शान्ति नोबल पुरुस्कार हो र ?
Oops i did it again
· Snapshot 967
Like · Liked by · 0
आई विल अर्न इट लोगन जी
logan
· Snapshot 1265
Like · Liked by · 0
"आई विल अर्न इट"

Whatever you aim to earn is your personal goal, and we wish you well. However, it does not concern us. It is better to act first rather than speak about goals that have not yet been achieved. Wise people focus on results, not announcements.

As the saying goes, “Empty vessels make the most noise.”

Good luck with your goal.
logan
· Snapshot 2858
Like · Liked by · 0
Why Attacking Venezuela for Oil is a Bad Investment

Trying to “kidnap” the Venezuelan dictator and his wife for oil? Forget it. It’s not just morally wrong—it’s a terrible investment. The oil profits would just end up in the same hands as always: the oil jar and a handful of facilitators. Billionaires have no interest because they know that with each new president, the perks change. Why risk it?
Instead, they’re getting smarter—film production, crypto investments through foreign nationals, paying off legal fees, buying an airplane. Safer, more profitable, and less attention.
Look, this isn't much different from the true story where a man rented out his house, only to rob it himself later. Some people just prefer easy shortcuts to making money. Whether you're a billionaire or just an average person, international leaders or anyone in between, it's the same game. There's always an easier route if you're willing to cut corners. Why go the hard way when you can make a quick buck off of someone else’s trust?
Opps: I did not write it for you and please do not comment with" इट ईज नट क्लिस्ट "
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 2921
· Posts 3 · Viewed 558
· Posts 1 · Viewed 185
· Posts 1 · Viewed 163
· Posts 2 · Viewed 463
· Posts 1 · Viewed 344
· Posts 2 · Viewed 995
· Posts 1 · Viewed 291
· Posts 8 · Viewed 2691
· Posts 9 · Viewed 4291



Travel Partners
Travel House Nepal