ओदानका चिसा पैतलाहरू - Sajha Mobile
SAJHA MOBILE
ओदानका चिसा पैतलाहरू
Posts 1 · Viewed 90 · Go to Last Post
Smriti-malla
· Snapshot 0
Like · Likedby · 0
चिसोले निमोठिएका रुखहरूमा
मुना पलाउन आँटेजस्तै,
हरेकपल्ट
केही ऋतुपछि उसको मनमा पनि
आशाका टुसाहरू पलाउँछन्।

नाम्लोले खुइलिएको तालुलाई
उद्रिएको टोपीले छोपेर,
फुटेका कुरकुच्चाहरुले केही माइल नापेर,
ऊ हरेकपल्ट एउटा भिडमा मिसिन्छ।

अनि हरेकपल्ट सुन्छ—
वेस्वादे विद्वानहरू,
दूषित सिद्धान्तहरू,
काँचो सान्त्वनाहरू,
थेलिडोमाइड खाएकी गर्भिणीले जन्माएजस्ता
लुला–लङ्गडा वाचाहरू।

वाकवाकी लागेको हृदय लिएर
फर्किन्छ ऊ
अनि थन्काइदिन्छ आशाहरू
थोत्रो मधुसमा,
जहाँ पुस्तैनि टुटे फुटेका आशाहरू
सङ्ग्रहित छन्।

आज पनि ऊ जानेछ त्यसरी नै,
त्यसरी नै फर्किनेछ
आशाका अस्थिपञ्जर बोकेर।

आज पनि साँझ उसले
आफ्नो पेटलाई बयान दिनुपर्नेछ।
आज पनि उसका ओदानका पाइतालाहरूले
भुङ्ग्रो सेक्न पाउने छैनन्।

– Sudarshan poudel
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 90
· Posts 1 · Viewed 94
· Posts 13 · Viewed 18070
· Posts 1 · Viewed 133
· Posts 116 · Viewed 124381 · Likes 58
· Posts 1 · Viewed 166
· Posts 1 · Viewed 176
· Posts 1 · Viewed 255
· Posts 1 · Viewed 247
· Posts 1 · Viewed 256



Travel Partners
Travel House Nepal