बाहिरियो चर्चित पत्रकार ऋषि धमलाको अर्को काण्ड, रैछ ६१ लाख बढीको खेल ! - Sajha Mobile
SAJHA MOBILE
बाहिरियो चर्चित पत्रकार ऋषि धमलाको अर्को काण्ड, रैछ ६१ लाख बढीको खेल !
Posts 1 · Viewed 172 · Go to Last Post
ojhasamajdhangadhi
· Snapshot 0
Like · Likedby · 0
बाहिरियो चर्चित पत्रकार ऋषि धमलाको अर्को काण्ड, रैछ ६१ लाख बढीको खेल !
हरेक कार्यक्रम र अन्तर्वार्तामा आफू बिकृति र भ्रष्टाचारविरुद्ध उभिएको भन्दै चर्को भाषण गर्ने पत्रकार ऋषि धमलाको एक डर लाग्दो काण्ड सार्वजनिक भएको छ । धमलाले भृकुटीमण्डपमा सञ्चालन गर्दै आइरहेको रिपोर्टस क्लबले ६१ लाख ९१ हजार ३ सय ६४ रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको खुलेको छ । धमलाले वर्षौं देखि राजनीति शक्तिको दुरुपयोग गर्दै आफूले सञ्चालन गर्दै आइरहेको रिपोर्टस क्लबको भाडा तिर्नबाट बच्दै आइरहेका छन् ।
https://youtu.be/VRRbOsQgRXU?si=JSDwsoPrd56vcWfo
समाज कल्याण परिषद् अन्तर्गतको भृकुटीमण्डप व्यवस्थापन विभागले भाडामा दिएका विभिन्न संरचना र स्टलको बक्यौता रकम करिब ९ करोड पुगेको छ । विभागको पछिल्लो आर्थिक विवरण अनुसार २०८२ असार मसान्तसम्ममा विभिन्न संघ–संस्था र व्यक्तिबाट असुल गर्नुपर्ने कुल बक्यौता रकम ८ करोड ८५ लाख ७७ हजार ९ सय ५४ रुपैयाँ ९९ पैसा पुगेको छ ।
लामो समयदेखि भाडा नतिर्ने र जरिवाना थपिँदै जाँदा बक्यौता रकम बढेको हो । विभागले हल, चौर र अन्य व्यापारिक स्टलबाट यो रकम उठाउन बाँकी रहेको देखिन्छ । विभागको विवरण अनुसार २०८१ असार मसान्तसम्मको मात्रै पुरानो बक्यौता ८ करोड २ लाख ४९ हजार ६ सय १९ रुपैयाँ ३३ पैसा थियो ।

आर्थिक वर्ष २०८१–८२ मा थप ९३ लाख ९६ हजार २ सय ३८ रुपैयाँ बक्यौता थपिएको छ । यस अवधिमा विभागले जम्मा १० लाख ६७ हजार ९ सय ३ रुपैयाँ मात्र असुल गर्न सकेको छ, जुन कुल बक्यौताको तुलनामा अत्यन्तै न्यून हो ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 172
· Posts 8 · Viewed 1492
· Posts 3 · Viewed 1364 · Likes 2
· Posts 7 · Viewed 1891
· Posts 2 · Viewed 597
· Posts 1 · Viewed 261
· Posts 1 · Viewed 274
· Posts 5 · Viewed 869
· Posts 1 · Viewed 525
· Posts 1 · Viewed 315



Travel Partners
Travel House Nepal