संविधानतः संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय अपरिहार्य छ, यतिबेला प्रतिनिधिसभा र त्यसले गठन गरेको संघीय सरकार विघटन भएको छ, जेन–जीको रोजाइमा प्रधानमन्त्री बनेकी छिन् सुशीला कार्की, कार्की नेतृत्वको सरकारले प्रदेश र संघ सरकारबीचको सम्बन्ध कसरी कायम राख्ला ? अर्थात् प्रदेशसँगको सम्बन्ध र सहकार्य कस्तो होला ?