उपभोक्ता अदालतको फैसलाविरुद्ध नेपाल चिकित्सक संघ आन्दोलनमा उत्रिएपछि सोमबार देशभरका स्वास्थ्य संस्थामा इमर्जेन्सीबाहेक अन्य सम्पूर्ण सेवा ठप्प छ । उपभोक्ता अदालतले तीन अस्पताल र चिकित्सकलाई क्षतिपूर्तिको फैसला गरेपछि यसैको विरोधमा चिकित्सक आन्दोलनमा उत्रिएका हुन् । उनीहरुलाई आन्दोलनमा आउनुपर्ने अवस्था किन आयो ? के यस्तो आन्दोलनले उपचारको खोजीमा अस्पतालको ढोकामा पुगेका बिरामीमाथि अन्याय भएन ? अनि यो आन्दोलनको बैठान कसरी हुन्छ ? यिनै सेरोफेरोमा नेपाल चिकित्सक संघका अध्यक्ष अनिलविक्रम कार्कीसँग इकान्तिपुरले गरेको कुराकानीको सम्पादित अंश :
इजरायलले यमनका हुथी विद्रोही नियन्त्रित तीन बन्दरगाह र एक पावर प्लान्टमाथि आक्रमण गरेको छ। इजरायली रक्षामन्त्री इजरायल काट्जले हुथी लक्षित आक्रमण गरिएको र हुथीहरुले इजरायल लक्षित ड्रोन र ब्यालेस्टिक मिसाइल प्रहार जारी राखेमा ठुलो मुल्य चुकाउनुपर्ने बताएका छन् ।
सोमबार मध्याह्न १२ बजेतिर हतारहतार राष्ट्रिय ट्रमा सेन्टरमा काउन्टरमा पुगिन्, थानकोटकी लक्ष्मी श्रेष्ठ ।ढाडको समस्याले अस्पताल आएकी उनले अचानक ओपीडी सेवा बन्द रहेको थाहा पाइन् । किनकि यसअघि उनलाई कुनै जानकारी थिएन ।