राजावादीहरूले गत चैत १५ मा काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीमाथि ढुंगा प्रहार गर्नेमा राप्रपाका नेताहरू र सन्तोष राजावादीको टीम रहेको दुर्गा प्रसाईंले बयान दिएका छन् ।
दुर्गा प्रसाईंले गत चैत १५ मा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आगजनी, लुटपाट र तोडफोड गरेको अघिल्लो दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको बयान दिएका छन् । प्रहरीसमक्ष दिएको बयानमा चैत १४ मा शाहलाई निर्मल निवासमा भेटेको प्रसाईंको बयान छ ।
पुरानो घर भत्काएर कोही काठका खम्बा बोक्दै त कोही खम्बा गाड्दैछन् । महिलाहरू बार लाउने र लिपपोत गर्ने काममा व्यस्त छन् । बेलौरी नगरपालिका–५ को रामनगर थारु बस्तीमा यतिबेला पुरानो घर भत्काएर नयाँ बनाउने काममा जुटेका हुन् ।