नेपाल विद्युत् प्राधिकरणले ४ सय केभी ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनको दुवै सर्किटमा समस्या आउँदा बिहीबार साँझ बिजुली अवरुद्ध भए पनि लोडसेडिङ सुरु नभएको जनाएको छ । प्राधिकरणले शुक्रबार विद्युत् प्रणाली सञ्चालन विभागमा पत्रकार सम्मेलन गरेर प्राविधिक कारण भएको र नेपालमा पुनः लोडसेडिङ सुरु नहुने जनाएको हो ।