त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज र परीक्षा नियन्त्रण कार्यालय बल्खुको स्रेस्तामा रहेको भन्दा बैंक खातामा ३० करोड रुपैयाँ कम मौज्दात रहेको पाइएको छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा संघीय संसद्मा सांसदहरूले प्रि-बजेट छलफलमा राखेका विषयवस्तु तथा सुझावबाट निर्देशित हुने प्रतिबद्धता जनाएका छन् ।
खाँडाचक्र–४, चिउरेलामा परिवारको बसोबास छ । म ५१ वर्षकी भएँ । तर, नागरिकतामा ६० वर्ष कटिसकेँ । दानापानी जोहो गर्न कर्णाली राजमार्गको किनार र ताडी गाउँको सेरोफेरोमा गिट्टी कुट्छु । अलिकति पाखोबारी भए पनि उब्जनीले ११ जनाको परिवारलाई एक महिना पनि खान पुग्दैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल-शाराको प्रशंसा गरेका छन् । साउदी अरबमा भएको भेटपछि कतारको दोहा जाने क्रममा पत्रकारहरूसँग कुरा गर्दै अल-शारा 'आकर्षक र कडा मान्छे' भएको बताएका हुन् ।