दिपायल सिलगढी नगरपालिका-२ अन्तर्गत खातीवडा स्वास्थ्य चौकीद्वारा सञ्चालित एम्बुलेन्स डेढ महिनादेखि थन्किएको छ । व्यवस्थापनमा लापर्बाही र वडा कार्यालयको बेवास्ताले एम्बुलेन्स अलपत्र बनेको स्थानीयको अरोप छ ।
डोल्पालाई तल्लो, मध्य र माथिल्लो गरी तीन भेगमा विभाजन गरिएको छ । डोल्पाको दुनैसम्म २०७५ मंसिरमै राष्ट्रिय सडक सञ्जाल जोडिसकेको छ । तर उत्तरी क्षेत्र उपल्लो डोल्पामा भने तत्कालै राष्ट्रिय सडक सञ्जाल जोड्न सक्ने अवस्था छैन ।