सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका कर्मचारी धनगढीकेन्द्रित आनदोलनमा उत्रिएका छन् । स्थानीय सेवा ऐन यथाशीघ्र जारी गर्न माग गर्दै कर्मचारी प्रदेश संघर्ष समितिको आयोजनामा प्रदर्शन भएको हो ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ब्रह्मायणी हाइड्रोपावर कम्पनीले ४५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको निर्माण सुरु गरेको छ । कम्पनीले आइतबार सुरुङको मुखमा विस्फोट गराएर ब्रह्मायणी जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु गरेको हो ।