हिलिहाङ गाउँपालिका–५, सुभाङबाट गाउँभरिका किसानले उत्पादन गरेको दूध बोकेर संकलन केन्द्र (डेरी) सम्म पुर्याउँछु । व्यावसायिक रुपमा दूध उत्पादन गरेर डेरीमा पुर्याउने चलन सुरु भएका बेला २०५० सालदेखि यही काम गरेर घरखर्च चलाइरहेको छु । दूध संकलनको काम थाल्नुका पछाडि पनि एउटा कारण छ ।