सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–२ सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको छ । सिमानपुरस्थित अमाह खोलामा प्रिस्टेड प्रविधिअन्तर्गत निर्माण भइरहेको पुल बिहीबार बिहानको ठूलो पानीका कारण भाँचिएर क्षतिग्रस्त बनेको हो ।