मेरा श्रीमान् सन्तोष राजभण्डारीको पुर्ख्यौली घर ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारको वीरेन्द्रचोकमा हो । उहाँका दाजुभाइ अहिले पनि त्यहीँ हुनुहुन्छ । २०४० सालमा विवाह गरेर म पनि बजारकै घरमा भित्रिएकी हुँ । उहाँ (श्रीमान्) शिक्षक भएकाले हामी पाथीभरा याङवरक गाउँपालिका–४, चाक्सिबाटेमा बसाइँ सर्यौं । उतिबेला स्याउलाले बारेको सानो स्कुल थियो । बिहान–बेलुका खाना पकाएर स्कुलमै पुर्याउँथेँ ।
योजनाबिनै हचुवाका भरमा अन्नपूर्ण गाउँपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स प्रयोगविहीन बनेको छ । गाउँमा उत्पादित कृषि तथा पशुजन्य उत्पादन बजारसम्म पुर्याउन २०८०/८१ को बजेटबाट पालिकाले कृषि एम्बुलेन्स खरिद गरेको थियो । चिस्यान कायम राख्ने एसीजडित कृषि एम्बुलेन्स ढुवानीयोग्य कृषि उत्पादन नभएपछि अलपत्र परेको हो ।