नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएकामा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले संसद्मै कालो चस्मा लगाएर विरोध जनाएका छन् । मंगलबारको प्रदेशसभा बैठकमा गण्डकी प्रदेशमा विद्युत् विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै माओवादी सांसद भण्डारीले कालो चस्मा लगाएर विरोध जनाएका हुन् ।