मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चितिले फेरि नयाँ रेकर्ड बनाएको छ । गत माघमा विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो १६.१ प्रतिशतले बढेको हो । २०८१ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रहेको थियो ।
मुसिकोट नगरपालिका–७ स्थित ठूलीदह नजिकै घना जंगलको बीचमा भेडाको चहलपहल छ । अनि छन् गोठालाहरु पनि । भेडाहरु रातदिन बाहिरै रहन्छन्, गोठाला भने त्रिपालको अस्थायी टहरामा । यी सबैको रक्षक हो, भोटे कुकुर ।