नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनका लागि ऊर्जामन्त्री दीपक खड्काको पटकपटक प्रयासपछि मन्त्रिपरिषद् नै अगाडि बढेको छ । सरकारले घिसिङलाई पदबाट हटाउने अन्तिम कसरत गरिरहेका बेला सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक मञ्चबाटै असन्तुष्टि जनाएका छन् ।