'सुशान्त केसी लाइभ इन कन्सर्ट'को अन्तिम तयारी सकिएको छ । फागुन २४ मा भक्तपुरमा अवस्थित सल्लाघारी चौरमा आयोजना हुने कन्सर्टका लागि स्टेज, दर्शक जम्माहुने चौरको व्यवस्थापनदेखि सबै तयारी पूरा सकिएको आयोजक संस्था टीआरएन इभेन्ट्सका रसिक भट्टराईले बताए ।
सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको बलात्कार तथा शंकास्पद मृत्यु घटनामा पक्राउ परेका अभियुक्तहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, सिरहाले शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो ।