पृथ्वीबाट बिहीबार राति आकाशमा सातवटा ग्रह लहरै देखिँदै छन् । खगोलशास्त्रीहरुका अनुसार बुध, शुक्र, मंगल, बृहस्पति, शनि, अरुण र वरुण एकै दिन आकाशमा एकै लाइनमा देख्न सकिन्छ । बुध, शुक्र, मंगल, बृहस्पति, र शनि चम्किलो भएकाले नांगो आँखाले देख्न सकिन्छ ।
भारतीय राज्य उत्तराखण्डको चमौलीको माणामा हिमपहिरो जाँदा सडक निर्माणमा कार्यरत ४१ जना फसेका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार बोर्डर रोड अर्गनाइजेसजनका ५७ जना फसेकामा १६ जनाको उद्धार भइसकेको छ । उद्धार गरिएकालाई अस्पताल लगिएको छ ।