प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि आफू तीन वर्ष प्रधानमन्त्री भएका बेला असाधारण परिवर्तन भएको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुरमा दुई समूहबीच झडप हुँदा मंगलबार दिनभर तनावग्रस्त बन्यो । स्थानीय एक युवक र युवतीबीच प्रेम सम्बन्धको विषयलाई लिएर झडप हुँदा १५ प्रहरीसहित १९ जना घाइते भएका छन् ।