मधेश प्रदेशका श्रम तथा यतायातमन्त्री कौशलकिशोर रायसँग कांग्रेस जिल्ला अनुशासन समिति सर्लाहीले स्पष्टीकरण मागेको छ । कांग्रेसलाई बदनाम गराउने र संगठन कमजोर पार्ने खालको पार्टीको अनुशासन र मर्यादाविपरीत क्रियाकलापमा लागेको उजुरी आएकोले अनुशासनको कारबाही किन नगर्ने भन्दै मन्त्री रायलाई ७ दिनभित्र लिखित जवाफ कांग्रेस जिल्ला अनुशासन समितिले सर्लाहीले मागेको छ ।
कर्मचारीमाथि जनप्रतिनिधिले गरेको भौतिक आक्रमणलाई गम्भीर रुपमा लिन नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले माग गरेको छ । कार्यस्थलमा कार्यरत राष्ट्रसेवक कर्मचारीमाथि कुटपिट गर्ने स्थानीय सरकारका जनप्रतिनिधिलाई कारबाहीको माग गरिएको हो ।