दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक (केयरगिभर)मा पहिलो चरणमा छानिएका एक हजार जनामध्ये १३ जना सोमबार श्रम गन्तव्य इजरायलका लागि उडेका छन् । प्यालेस्टाईनी समूह हमाससँग द्वन्द्व सुरु भएपछि इजरायल जाने नेपाली कामदारको प्रक्रिया रोकिएको थियो ।
गत असोज दोस्रो साता गएको बाढीपहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको छ ।