नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट विगतमा केही गल्ती भएको बताएका छन् । माओवादी केन्द्र म्याग्दीले आज बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गरेका हुन् ।
नेपालले थाइल्यान्डविरुद्धको खेल जित्ने राम्रो मौका गुमाएको छ । थाइल्यान्डले मंगलबार त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा नेपाललाई ५ रनले पराजित गरेको छ ।
नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास र प्रयोगका लागि नैतिक दिशानिर्देश र अन्तर्राष्ट्रिय मान्यतासँग अनुकूल हुने गरी कार्य गर्न सरकारले 'एआई नियमन परिषद्' गठनको प्रस्ताव अघि सारेको छ । परिषद्सँगै एआईसम्बन्धी मुख्य निकायका रूपमा ‘राष्ट्रिय एआई केन्द्र’ एवं एआईको अध्ययन, अनुसन्धान र विकासका लागि 'एआई एक्सिलेन्स सेन्टर' स्थापना गर्ने नीति सरकारले अवलम्बन गर्न खोजेको छ ।