गत पुसमा औसत बजार भाउ (उपभोक्ता मुद्रास्फीति) ५.४१ प्रतिशत रहेको छ । गत वर्षको सोही महिनामा यस्तो भाउ ५.२६ प्रतिशत रहेको थियो । पछिल्ला केही महिनायता सामान्य दरमा भए पनि बजार मूल्य उकालो लागिरहेको छ । सोही क्रममा गत पुसमा ५.४१ प्रतिशत पुगेको हो ।
आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवम् रौतहट क्षेत्र नम्बर ३ का संघीय सांसद प्रभु साहविरुद्ध आइतबार जिल्ला अदालत गौरले अवहेलनाको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । सांसद साहले सामाजिक संजाल फेसबुकमा रौतहटका न्यायाधीशलाई नेताका झोले कार्यकर्ता भनेर स्टाटस लेखेका थिए ।