बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक महत्वपूर्ण दुई भूमिकाका साथ आफ्ना पूराना विश्वविद्यालयमा फर्कने भएका छन् । सुनकले बेलायतको यूनिभर्सिटी अफ अक्सफोर्ड ब्लाभाटनिक स्कूल अफ गभर्मेन्टको ‘वर्ल्ड लिडर्स सर्कल’को सदस्यको रुपमा प्रवेश गर्न लागेको घोषणा गरेका हुन् ।
भारत प्रशासित जम्मु र कश्मीरको एउटै गाउँमा १७ जनाको रहस्यमय मृत्यु भएपछि भारतीय अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् । जम्मूको रजौरी जिल्लाको दुर्गम गाउँ बधलमा डिसेम्बर ७ यता १७ जनाको ज्यान गइसकेको छ । ज्यान गुमाउनेमध्ये १२ जना बालबालिका छन् ।