प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव तथा एमाले मोरङ जिल्ला कमिटी सदस्य अनिलकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मोरङ जिल्ला अदालतले मोरङ प्रहरीलाई सोमबार पोखरेललाई पक्राउ गर्न अनुमति दिएको हो ।
सुदूरपश्चिमका सबै सरकारी अस्पतालमा बिरामीले निःशुल्क रगत पाउने भएका छन् । प्रदेश सरकारले सबै सरकारी अस्पतालमा रगत निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ । यसअघि बिरामीले एक पिन्ट रगतका लागि रक्तसञ्चार केन्द्रलाई १ हजार १ सय ५० रुपैयाँ तिर्नुपर्थ्यो ।
सोलुखुम्बु प्रशासनले अनधिकृत व्यक्तिहरूले खुम्बु क्षेत्रका हेलिप्याडमा हेलिकोप्टर अवतरणमा लगाएको प्रतिबन्ध तत्काल हटाउन चेतावनी दिएको छ । अवैधानिक गतिविधि गर्नेलाई कडा कारबाही गर्ने पनि जिल्ला प्रशासन कार्यालयको चेतावनी छ ।