हिउँदयाममा बिजुलीको आन्तरिक माग पुर्याउन भारतबाट थप ३५० मेगावाट बिजुली आयात गर्न पाइने भएको छ । भारतले १३२ केभी प्रसारणलाइनबाट समेत बिजुली आयात गर्न अनुमति दिएकाले अब हिउँदमा एक हजार ४ मेगावाट बिजुली आयात गर्न पाइने भएको हो ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडको प्रबन्ध सञ्चालकमा प्रविन पन्दाक नियुक्त भएकी छिन् । सीडीएसको गत आइतबार बसेको सञ्चालक समितिको बैठकले पन्दाकलाई प्रबन्ध सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनबाट माओवादीलाई देशकै पहिलो पार्टी बनाउने र भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्ने उद्घोष गरेका छन् ।