रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन गर्न कास्की प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ । कास्को प्रहरीको उच्च स्रोतका अनुसार रास्वपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित लामिछानेको पद निलम्बन गर्नका लागि सभामुखलाई पत्र पठाइएको हो ।
साई स्वागत सहकारीका अध्यक्ष भरतमणि जंगम पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) एवम् प्रवक्ता नवराज अधिकारीका अनुसार जंगमलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्बन हुने भएको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनअन्तर्गत अदालतमा अभियोगपत्र दर्ता भएकाले लामिछानेको सांसद पद स्वत: निलम्बन हुने भएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि विजेता जनकपुर बोल्ट्सका समर्थकमाथि खेल मैदान क्षेत्रमै भएको भौतिक आक्रमण तथा त्यसअघि पनि भएका त्यस्ता प्रकृतिका घटना असैह्य र पीडादायी रहेको बताएका छन् ।