Chhabilal Joshi, arrested on September 22, has his custody extended for the ninth time, while Lamichhane, detained on October 18, faces his eighth extension.
दुई पेट्रोलियम पाइपलाइन परियोजना ५४ महिनाभित्रै सक्नेगरी काम गर्ने नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको ‘स्टेरिङ कमिटी’ बैठकमा सहमति भएको छ । मंगलबार सोल्टी होटलमा सुरु भएको बैठकले प्राविधिक तथ्यांक एकापसमा आदानप्रदान गरी तोकिएकै समयभित्रै सक्ने सहमती गरेको छ ।
मोरङको धनपालथान गाउँपालिका–३ को उमा-गौरी सहकारीको रकम अपचलन मुद्दाका प्रतिवादी संघीय संसद्को लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइरालासहित २५ जनाविरुद्ध मोरङ जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी भएको गरेको छ ।
वाग्मती प्रदेशले पनि योजनाहरू ‘आयोजना बैंक’ मार्फत समेट्ने भएको छ । एक महिनाभित्र बैंक स्थापना गरी योजनाहरू समेट्ने तयारी भइरहेको वाग्मती प्रदेश नीति तथा योजना आयोगले जनाएको छ ।
नेपाल प्रिमियर लिग(एनपीएल) को विजेताले १ करोड १० लाख रुपैयाँ पाउने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमबार विजेता/उपविजेतासँगै तेस्रो र चौथो स्थान हासिल गर्नेको पुरस्कार राशिबारे जानकारी दिएको हो ।