News Summary from Nepal for Saturday, December 7, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Saturday, December 7, 2024
Posts 1 · Viewed 574 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place December 7, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Karnali Yaks clinch thrilling 7-run victory over Biratnagar Kings


  • Nandan Yadav’s economical spell and an outstanding bowling performance help Karnali secure second win in NPL.

  • The notorious wide-body case is still wide open


  • Special Court has sentenced seven foreigners to prison and ordered them to forfeit Rs122.59 million each. But can foreign convicts be extradited to Nepal?

  • Sudurpaschim Royals dominate Lumbini Lions, secure 45-run win to top NPL


  • Opener Ali Zaib’s 90 and disciplined bowling power led Sudurpaschim to their third consecutive victory.

  • Vaccine crisis in Lumbini province drives dog bite victims to Indian hospitals


  • Federal government supplies anti-rabies vaccines for free, but last year only 1,160 vials of the vaccine were sent to Lumbini, while the demand exceeds 69,000.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • अन्तिम ओभरमा कर्णालीको जित
  • कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको लो स्कोरिङ खेलमा शनिबार विराटनगरलाई ७ रनले पराजित गरेको छ । १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले ८ विकेट गुमाई १ सय २६ रनमात्र बनाउन सक्यो ।

  • बीआरआईमा हस्ताक्षर कांग्रेससँगको सहमतिमै भएको हो : गृहमन्त्री लेखक 
  • गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले चीनसँग बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर कांग्रेससँगको सहमतिमा भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि २० गतेसम्मको चार दिने चीन भ्रमणका क्रममा नेपाल र चीनबीच 'बीआरआई सहकार्य फ्रेमवर्क' मा सहमति भएको थियो ।

  • भलिबल खेलाडी सरस्वती चौधरी अस्ट्रेलिया पलायन भइन् : खेलकुदमनत्री चौधरी
  • नेपालको महिला राष्ट्रिय भलिबल खेलाडी अस्ट्रेलिया पलायन भएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताएका छन् । उनले खेलाडीहरूको विदेश पलायन रोक्न जरुरी रहेको पनि बताए ।

  • एनपीएल : सुदूरपश्चिमको रोयल शैली, उक्लियो शीर्षमा
  • सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जितलाई निरन्तर दिनेक्रममा लुम्बिनी लायन्सविरुद्धको एकतर्फी खेलमा ४५ रनको जित हात पारेको छ । १ सय ८८ रनको लक्ष्य लिएर आएको लुम्बिनीलाई सुदूरपश्चिमले २० ओभरमा १४२–९ को स्कोरमा रोकेर ४५ रनको जित हात पारेको थियो ।

  • घाँस काट्न जंगल गएकी सूचनाको शव खाल्डोमा
  • सुलिकोट गाउँपालिका–१ बारपाककी १८ वर्षीया सूचना घलेको खाल्डोमा पुरिएको अवस्थामा शव फेला परेको छ । शनिबार घाँस काट्न जंगल गएकी घलेको मंगलबार बारपाकस्थित मैखर्क जंगलमा खाल्डोमा पुरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी वासुदेव पाठकले बताए ।

  • कृषि उद्यम गरौं, गाउँमै छोराछोरी पढाऔं : मुख्यमन्त्री आचार्य 
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अब गाउँफर्क अभियान चलाउनुपर्ने बताएका छन् । गाउँमा मोटरबाटो, विद्युत्, शिक्षा, स्वास्थ्य सडक पूर्वाधारले टोलैपिच्छे यातायात सेवा, सञ्चारसहित विकासका पूर्वाधार पुगेकाले सहर झरेका मान्छेलाई गाउँ फर्कन अनुरोध गर्न जरुरी रहेको बताएका हुन् ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 5 · Viewed 809
    · Posts 1 · Viewed 93
    · Posts 1 · Viewed 84
    · Posts 2 · Viewed 601
    · Posts 3 · Viewed 711
    · Posts 1 · Viewed 147
    · Posts 1 · Viewed 155
    · Posts 1 · Viewed 263
    · Posts 3 · Viewed 726
    · Posts 5 · Viewed 1550 · Likes 1



    Travel Partners
    Travel House Nepal