Emphasises implementation of past agreements, expansion of transmission lines, exporting Nepali goods to China and expediting some assistance agreements.
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कर्मचारी नियुक्तिका लागि सञ्चालित परीक्षामा प्रश्न उठाउँदै नतिजा प्रकाशनको तयारीमा रहेको परीक्षाका सबै प्रक्रिया रद्द गरेको छ । सेवा आयोगले सोमबार सूचना जारी गर्दै २०७३ फागुन १८ गते प्रकाशित विज्ञापन अर्न्तगत विभिन्न प्रशासनिक तथा प्राविधिक कर्मचारीहरुको परीक्षा तथा प्रकाशित नतिजा रद्द गरिएको जनाएको हो ।
सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ । मंसिर १३ देखि १५ गतेसम्म उनले चीन भ्रमण गर्ने मन्त्रिपरिषद् बैठकले सोमबार निर्णय गरेको हो ।
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले चीनको बीआरआई प्रोजेक्टलाई राष्ट्रिय हितअनुकूल हुने गरी ग्रहण गर्नुपर्ने बताएका छन् ।
सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तेस्रो तलाको एक कोठामा कार्तिक ६ गते पाँच जना सहसचिव भेला भएका थिए । तीमध्ये चार जना कुनै पनि जिम्मेवारी नपाएर महिना दिनदेखि हाजिर गरेरै सिंहदरबार घुमिरहेकाहरू थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको हुन लागेको चीन भ्रमणका क्रममा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ परियोजनाको कार्यान्वयन योजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने विषयमा दलहरू विभाजित भएका छन् ।