सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले थप १३ दिनको म्याद दिएको छ ।
पहाडतिर एउटा घरमा कति पुस्ता र परिवार बस्छन् होला ? सामान्यतया दुई/तीन पुस्ता र परिवार भन्दा बढी एकै छानामूनि बसेको कमै देखिन्छ । तर, यहाँको तिलागुफा–६ जुबिथा गाउँमा भने १० पुस्तासम्म पनि एकै घरमा बसिरहेका भेटिन्छन् । यहाँ एकै छानामूनि १३ परिवारसम्मको बसोबास छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कञ्चनपुरका ग्रामीण भेगमा केन्द्र थपेर धान खरिद गरिरहेको छ । कम्पनीले विगतमा महेन्द्रनगर बजारमा मात्रै धान खरिद केन्द्र सञ्चालनमा ल्याउने गरेको थियो । यस पटक महेन्द्रनगरसँगै ग्रामीण भेगमा पनि धान खरिद केन्द्र सञ्चालनमा ल्याएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) सम्बन्धमा परेको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।