भारतको दार्जिलिङमा जन्मिएकी निरकला शर्मा आफ्ना पितासँगै पुर्ख्यौली थातथलो खोज्दै नेपाल आएकी थिइन् । स्कुले तहको पढाइ सकेपछि शरीरले साथ नदिए पनि उनले काठमाडौं पुगेर उच्च शिक्षा लिइन् । त्यसपछि शिक्षण पेसा रोजेर चितवन झरिन् । उनै निरकलाले २५ वर्ष चितवनको शिक्षा क्षेत्रमा आफ्नो पसिना बगाएर यहींको माटोमा गत शनिबार अन्तिम श्वास लिन पुगेकी छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एक सय दिनको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्री नवलकिशोर साह सुडीले कार्यभार सम्हालेपश्चात् एक सय दिनको अवधिमा हासिल भएका प्रमुख कार्य र उपलब्धि सार्वजनिक गरेका हुन् ।
मुलुक लोडसेडिङमा रहेका बेला डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् उपभोग गर्ने उद्योगीहरूले बिल तिर्न भने आनाकानी गरिरहेका छन् । विद्युत् उपभोग गरेको रकम नतिरेर बक्यौता रहेपछि नेपाल विद्युत् प्राधिकरणले ती उद्योगको लाइन काटेको छ । बक्यौता महसुल नबुझाएका ३२ उद्योगको लाइन काटिएको हो ।
स्थानीय तहबाट प्रमुख प्रशासकीय अधिकृत सरुवा हुँदा जालझेल गर्ने प्रवृत्ति बढ्दै गएको छ । एउटै स्थानीय तहमा रहेर विकास निर्माणको कामबाट हुने अवैध कमाइ, पालिका सञ्चालनका लागि हुने खरिदमा कमिसन र सेवा सुविधाका लागि ‘सेटिङ’ गर्न सक्ने अधिकृतहरू सरुवा हुँदा पालिका छोड्नै नचाहने स्थानीय जनप्रतिनिधिहरू बताउँछन् ।