प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले सरकारले एक सय दिनको अवधिमा सुशासन, भ्रष्टाचार नियन्त्रणलगायत दैनिक प्रभावकारी सेवा प्रवाह दिन नसकेको, सरकारका निकायमा ‘अनावश्यक’ हस्तक्षेप गरेको भन्दै खबरदारीसभा गर्न लागेको बताएको छ ।
कास्की जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगनिकट विद्यार्थी सगठन ‘बंगलादेश छात्र लिग’माथि प्रतिबन्ध लगाएको छ । गत जुलाई–अगस्टमा भएको विद्रोहको नेतृत्व गर्ने विद्यार्थी समूहको मागपछि ‘बंगलादेश छात्र लिग’ माथि प्रतिबन्ध लगाइएको हो ।