आज सडकमा रमिता छ! - Sajha Mobile
SAJHA MOBILE
आज सडकमा रमिता छ!
Posts 1 · Viewed 375 · Go to Last Post
Smriti-malla
· Snapshot 0
Like · Likedby · 0
जिम्मेवारी र सपनाले
कन्चेटतिर फर्काएर बन्दुक
पड्काएपछि सुरु भएको
पसिना बेच्ने म्याराथन छ
सडकभरि आज

चाप्लुसीका इत्तर घसेर आएका
केही नदेख्ने होमरहरूको जुलुस छ
सडकभरि आज

अस्मिता लुटिएका कौमार्यहरूको
बिलौनाका लस्कर छन्
नाराबाजी गर्दै
सडकभरि आज

नैतिकता र विवेक हराएर
यता उता खोज्दै
छामछुम् गरेजस्तै गर्ने
नेतृत्वको भीड छ
सडकभरि आज

त्यहीँ एउटा कुनामा म छु
मसँगै उठेको घाम छ
मसँगै आङ तानिरहेको अल्छिपना छ
आडैमा लठ्ठ स्वार्थ छ
वरिपरि ढुङ्डुङ्ती गनाइरहेको आत्मसम्मान छ
पुच्छर लुकाएर भुकिरहेको मेरो बहादुरी छ
हामी सबै हेरिरहेछौँ
आज सडकमा रमिता छ

Sudarshan poudel
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 125
· Posts 1 · Viewed 185
· Posts 1 · Viewed 228
· Posts 1 · Viewed 178
· Posts 172 · Viewed 57243 · Likes 38
· Posts 1 · Viewed 375
· Posts 1 · Viewed 306
· Posts 1 · Viewed 302
· Posts 5 · Viewed 1521
· Posts 1 · Viewed 407



Travel Partners
Travel House Nepal