निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको प्रमुख वा उपप्रमुखको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिएर उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ ।
असोज दोस्रो साताको बाढीपहिरोले मोटरेबल पुल तथा सडक क्षति गरेपछि नेपालको चीनसँग जोडिएको प्रमुख दुई नाका तातोपानी र रसुवागढीबाट हुँदै आएको व्यापार लगभग ठप्प जस्तै भएको छ । बाढीपहिरो अघि नै दसैँ र तिहारका लागि झिकाइएका व्यापारिक मालवस्तु चीनको विभिन्न सहर र बाटोका गोदाममा थन्केको छ ।