बीपी राजमार्गअन्तर्गत काभ्रेको मंगलटार नजिक कालढुंगामा १० दिन अघिदेखि अड्किएका झापाको दमकका इन्द्र खड्का उद्धार हुने छाँट नदेखेपछि पैदलै घरतर्फ फर्किएका छन् ।
असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परेर सोमबारसम्म मृत्यु हुनेको संख्या दुई सय ४६ पुगेको छ । सोमबार साँझसम्म एक सय ७८ घाइते भएका छन् भने १८ जना बेपत्ता रहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।