भौतिक संरचना निर्माण, छात्रबृत्ति रकम र पाठ्यपुस्तक खरिदमा अयिनमितता गरेको आरोपमा सप्तरीको शंकर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक (प्रअ)सहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
कर्णाली प्रदेश सरकारले बाढीपहिरो र डुबान प्रभावित नागरिकको सहायताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभर सडक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । दसैंको मुखैमा कतै बाढीले सडक बगाएको छ त कतै जिल्ला जोड्ने पक्की पुल बगाएर आउजाउ बन्द छ ।