सहकारी ठगी आरोपित देवकुमार नेपालीलाई प्रहरीले सोमबार जिल्ला अदालत बागलुङमा हाजिर गराएको छ । सोमबार दिनभर नेपालीको बयान लिइएको जिल्ला अदालतका शाखा अधिकृत ऋषिराम रिजालले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूको उद्धार, राहत, घाइतेको उपचारलगायतका काम सरकारले प्रदान गरेको र अझ प्रभावकारी रूपमा गरिने बताएका छन् ।
जापानको सत्तारुढ दलको नयाँ नेतामा निर्वाचित भएको तीन दिनपछि सिगेरु इसिबाले निर्वाचनको घोषणा गरेका छन् । जापानी सञ्चार माध्यमहरूका अनुसार उनले अक्टुबर २७ का लागि निर्वाचन घोषणा गरेका हुन् ।
नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट मात्र दुई दिनमा सो संख्यामा अग्रिम टिकट बिक्री भएको हो । सरकारले यही असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो ।