We have to think about transferring certain rights from local to provincial level because local units don’t have expertise to oversee all tasks they are entrusted with.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
संघीय संसद्को चौथो अधिवेशन सोमबार मध्यरातिबाट अन्त्य भएको छ । सरकारले राष्ट्रपतिसमक्ष अधिवेश अन्त्य गर्न गरेको सिफारिस अनुसार राष्ट्रपति कार्यालयबाट संसद् अधिवेशन अन्त्यका लागि आएको पत्र प्रतिनिधिसभा र राष्ट्रियसभामा सुनाएर अधिवेशनको अन्त्य भएको हो ।
संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहकारीसहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकालेको छ । समितिले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।
गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख टोकराज पाण्डेको संयोजकत्वमा सोमबार पाँच सदस्यीय समिति गठन गरिएको हो ।
चार महिना बढी समय चालु रहेको संघीय संसद्को चौथो अधिवेशनमा प्रतिनिधिसभामा पेस भएका ८ वटा सरकारी र एउटा गैरसरकारी विधेयकमध्ये पाँच वटा विधेयक दुवै सदनबाट पारित गरेको छ । त्यस्तै, राष्ट्रियसभामा विचाराधीन रहेका ६ वटा विधेयक दुवै सभाबाट पारित भएका छन् ।