इजरायलका लागि पूर्व राजदूत कान्ता रिजालले लगेकी घरेलु श्रमिक महिलालाई इजरायल सरकारले पक्राउ गरेको छ । उनलाई स्वदेश पठाउन डिपोर्टटेसन सेन्टरमा राखिएको छ । इजरायलको आन्तरिक मन्त्रालयले ती घरेलु श्रमिकलाई ३० दिनभित्र डिपोर्ट गर्ने निर्णय गरेको छ ।
इजरायली सेनाले गाजाका विभिन्न स्थानमा बुधबार गरेको आक्रमणमा कम्तीमा २७ जना प्यालेस्टिनीको ज्यान गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार खान युनिस क्षेत्रमा गरिएको आक्रमणमा १३ जना प्यालेस्टिनी मारिएका हुन् ।
कलाकार भिसामा विदेश पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुर महानगरपालिका-२४ धापाखेल स्थायी घर भइ हाल काठमाडौंको धुम्बाराही बस्ने ४० वर्षीय सुलेमान शंकर (ईकु) भन्ने सूर्यमान शंकरलाई पक्राउ गरेको हो ।