को ठुलो ? - Sajha Mobile
SAJHA MOBILE
को ठुलो ?
Posts 2 · Viewed 1424 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 0
यूट्युब खोलेको पहिले नम्बरमा लरेन्स ओडोनेल को रहेछ | कुराकानी तल्कालिन राजनीति सँग जोडीएको प्रश्न " चाईल्ड टक्स क्रेडिट बारे र राष्ट्रपती भएको अवस्थामा तपाईंको योजना के छ सोधिएको थियो| जसरी जबाफ दीईयो त्यो अप्रास्ङिक मात्रा नभै बिषय बस्तु सँग जोडीएको वाक्य चाइल्ड ट्याक्स क्रेडिट भनेको चाइल्ड ट्याक्स क्रेडिट मात्रै थियो | प्राथमिक बिद्यालयमा कुनै विद्यार्थी ले दिएको जबाफ जस्ताइ थियो | जस् बाट उत्तर पाईएको हो यस् प्रकारको उत्तर अपेक्षा गरिएको थिएन होला तै पनि गडगडाहट ताली बजाउनेहरुले के बुझे र किन गड्गडाहट को ताली ठोके उनिहरुनै बुझुन | Lawrence ले ति ताली ठोक्ने हरुलाई महा-मुर्ख भन्यो | मुर्ख्याइ गर्ने ठुलो हो कि एक मुर्खका पछी लाग्नेहरु महा-मुर्ख ठुला हुन?

https://www.youtube.com/watch?v=yQUkJQBRBQY
Last edited: 09-Sep-24 10:22 AM
logan
· Snapshot 628
Like · Liked by · 0
चौथो वा पाचौ कक्षामा सामाजिक शिक्षा पढाउने गुरुले यस्तै ठुलो र सानो बारे कथा सुनाउनु भएको थियो | गुरुले यसरि कुरा सुरु गर्नु भयो, कुनै बेला को कुरा हो आज तिमि हरुलाई सुनाउछु | एउटा कक्षामा भएका बिद्यार्थी मद्धे एक जनाको पिताजी प्रहरी निरिक्षक , अर्कोको राज्य मन्त्रि र अर्को को माध्यमिक विद्यालयको शिक्षक थिए र उनि हरु बिच मेरो बाउ तेरा बाउ भन्दा ठुलो भनि उनीहरु बिच जहिलै पनि बादबिबाद मात्रै होइन त्यो भन्दा माथिल्लो स्तरमा पुगी झगडा भै रहन्थ्यो | लौ तिमि हरु को बिचार पनि बुझुम कसको बा चै तिन तिन जना मद्दे ठुलो मान्छे हो | हामि हरु ले आआफ्नो तर्क सहित जबाफ दियौ र जबाफ को छनौट चै ति केटाका बा को कार्य र उनीहरु को प्रति बढी चासो र तिनका क्रियाकलाप संग मिल्दो जुल्दो संग आबद्द रहेछ भन्ने कुरा तेती खेर बुझिएको थिएन, जबाफ दिनु थियो र दिएका थियौ | फौजदारि पाराकाहरुले प्रहरी निरिक्षक, अलिक धनिमानि हु ठान्नेले नेताजी र बाकिकाले शिक्षक लाइ ठुलो मानिस देखे | शिक्षक रोज्ने हरु को जबाफ दिने हरुले देखेको कुरा चै प्रहरी निरिक्षक र नेताजी दुवै शिक्षक का चेला थिए | यहि कुरा साझामा राख्दा कस्तो जबाफ पढ्न पाइएला ? साझामा एकले अर्कोको लाइ चिनेको छैन र हुदैन तर हामि बीच सधै एक ले अर्कालाई सानो बनाउने बाहेक अरु कुनै काम नै नभएको झैँ गर्छौ | यस्तो हुनु का कारण चै के होलान ?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 126
· Posts 2 · Viewed 252
· Posts 4 · Viewed 437
· Posts 1 · Viewed 213
· Posts 1 · Viewed 136
· Posts 1 · Viewed 141
· Posts 4 · Viewed 853
· Posts 157 · Viewed 50100 · Likes 34
· Posts 12 · Viewed 1665
· Posts 1 · Viewed 287



Travel Partners
Travel House Nepal