सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको नेतृत्व गरिरहेको एमालेका सचिव तथा सांसद योगेश भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्न संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।
केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट नियन्त्रण र करमैत्री सेवा विस्तार गरी चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने निर्णय गरेको छ ।
सरकारले विभिन्न १७ मुलुकमा राजदूत सिफारिस गर्दा समानुपातिक र समावेशी सिद्धान्तविपरीत गरेको भन्दै जसपा, नेपालले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा जसपा, नेपालका सांसद राजकिशोर यादवले राजदूत सिफारिस समावेशी र समानुपातिक प्रतिनिधित्वको संवैधानिक व्यवस्था उल्लंघन गरिएको बताए ।
सातबुँदे सहमतिको आधारमा बनेको एमाले र कांग्रेसको सत्तारुढ गठबन्धनले न्यूनतम साझा कार्यक्रम प्रस्तुत नभएकोप्रति सत्तारुढ गठबन्धन कांग्रेसका सांसद अर्जुननरसिंह केसीले असन्तुष्टि व्यक्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्की भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रमा प्रवेश दिन नहुने बताएकी छन् । अख्तियारले निजी क्षेत्रमा हात हाल्दा थप समस्यामा पर्ने पनि उनले स्पष्ट पारिन् ।
नेपाली सेनाका कायम मुकायम प्रधानसेनापति अशोक सिग्देल प्रधानसेनापतिमा नियुक्त भएका छन् । उनलाई भदौ २४ देखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरिएको हो ।