Since Thursday, Nepali TV operators have suspended channels like Sony, Star, and Zee due to payment issues caused by delays in foreign exchange approval.
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री सिंहले नेपाली कांग्रेसबाट २, नेकपा एमाले, जनमत पार्टी र लोसपाका १/१ राज्यमन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त राज्यमन्त्रीहरुले शपथ लिएका छन् ।
भारतले करिब चार वर्षपछि पूर्वी नाकाबाट तेस्रो देशका पर्यटकलाई निर्बाध आवागमनका लागि अनुमति खुला गरेको छ । कोभिड महामारीपछि सन् २०२० मा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएको बेलादेखि तेस्रो देशका पर्यटकलाई आवागमनमा रोक लगाइएको थियो ।
संसदीय समितिले चाडपर्व सुरु हुनुभन्दा अघि दैनिक उपभोग्य वस्तु तथा सेवाको अस्वाभाविक मूल्य नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।
बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्धिनले अन्तरिम सरकार गठनका लागि मंगलबार संसद् भंग गरेका छन् ।राष्ट्रपति शाहबुद्दीनले तीनै सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र विभेद विरुद्धको विद्यार्थी आन्दोलनका अगुवाहरुसँगको बैठकको निर्णयका आधारमा राष्ट्रिय संसद् विघटन गरेको विज्ञप्तिमा उल्लेख छ ।