कर्णाली प्रदेशमा कांग्रेस सरकारमा सहभागी भएको छ । कांग्रेसबाट सहभागी ४ जना मन्त्रीलाई सोमबार प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
दक्षिण एसियामै पहिलो मानिने चुरियामाई सुरुङ मार्गको पुनर्निर्माण सम्पन्न भएको ५ महिना पुग्नै लाग्दा पनि सर्वसाधारणका लागि खुला गरिएको छैन । प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण नगरेका कारण सुरुङका दुवैतर्फका ढोका बन्द छन् । वाग्मती प्रदेश सरकारको लगानीमा सुरुङको जोर्णोद्धार कार्य गत फागुनको अन्तिम साता सम्पन्न भएको हो ।
बंगलादेशमा विद्यार्थीले पुन: आन्दोलन चर्काएका छन् । पछिल्लो पटक उनीहरूको 'एकसूत्रीय' माग नै सरकारको राजीनामा रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएको छ । आन्दोलनका क्रममा मृत्यु भएका २ सयभन्दा बढी सहपाठीको न्यायका लागि भन्दै विद्यार्थीहरू पुन: सडकमा उत्रिएका हुन् ।
मुलकको वैदेशिक व्यापारमा सबैभन्दा बढी आयातको हिस्सा वीरगन्ज भन्सार कार्यालय र निर्यातको हिस्सा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको रहेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष कुल निर्यातको २२.५४ प्रतिशत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र कुल आयातको ३४.३० प्रतिशत वीरगन्ज भन्सार कार्यालयबाट हुने गरेको छ ।