यसवर्षको मनसुन सुरु भएयता शनिबारसम्म बाढी, पहिरो र मनसुनजन्य विपद्मा परेर १५० जनाको ज्यान गएको छ भने १४९ जना बेपत्ता भएका छन् । बाढी पहिरोबाट ४ हजारभन्दा बढी परिवार विस्थापित भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तीन राज्यमन्त्रीलाई नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिए । तर सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपाल भने सरकारमा गएन । सरकारलाई समर्थन दिएर पनि जसपा नेपाल सरकारमा किन गएन ?
माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले एमाले-कांग्रेस गठबन्धन कुन स्वार्थले बनेको रहेछ भन्ने घटनाक्रमले पुष्टि हुँदै गएको बताएका छन् ।
सानो पाइला मात्र नभई वीरगन्जका थप १० सहकारी संस्था समस्याग्रस्त रहेको वीरगन्ज महानगरपालिका आर्थिक महाशाखाअन्तर्गतको सहकारी तथा रोजगार प्रवर्द्धन शाखाले जनाएको छ ।
देशभर हैजा संक्रमितको संख्या २५ पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर संक्रमितको संख्या २५ पुगेको हो ।